📘 Loksewa Tech Guide

MCQ Exam Dashboard

YouTube Channel

Subscribe for Loksewa updates

Facebook Page

Follow for daily posts

TikTok

Short exam tips videos

📘 Notes
🧠 MCQ
📊 Exams
Loksewa GKStart
IQ TestStart
HistoryStart

Sunday, October 5, 2025

आर्थिक पक्ष र विकास – MCQ अभ्यास (उत्तरसहित)

 आर्थिक पक्ष र विकास MCQ प्रश्नोत्तर – उत्तरसहित | संगठित संस्था तयारी

नेपाल संगठित संस्था पूर्वयोग्यता परीक्षाका लागि आर्थिक पक्ष र विकास MCQ प्रश्नहरू उत्तरसहित। अब सबै प्रश्नहरू सजिलै अभ्यास गर्न सक्नुहुन्छ।




1. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार हाल देशको कुल राष्ट्रिय उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान कति रहेको अनुमान छ ?

उत्तर: २४.१०%

2. हाल नेपालमा कति प्रतिशत जनता कृषि पेशामा संलग्न छन् ?

उत्तर: ६७%

3. Temperate fruits के–के हुन् ?

उत्तर: सुन्तला, स्याउ, नस्पाती, ज्यामिर, निम्बुवा आदि

4. ‘८-अ’ को जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ?

उत्तर: ईलाम 

5. चिया (Camellia family) अन्तर्गत पर्ने बिरुवा हो भने, उखु कुन family अन्तर्गत पर्ने बिरुवा हो ?

उत्तर: Grass family

6. वि.सं. २१०० सम्म नेपालीको वार्षिक कुल राष्ट्रिय प्रतिव्यक्ति आय कति पुर्‍याउने लक्ष्य राखिएको छ ?

उत्तर: १२,१०० डलर

7. आर्थिक वर्ष २०८१/८२ मा GDP प्राथमिक क्षेत्रको योगदान २५.६२% र द्वितीय क्षेत्रको योगदान १२.३७% रहेअनुसार तृतीय (सेवा) क्षेत्रको योगदान कति रहने अनुमान गरिएको छ ?

उत्तर: ६०.०१%

8. नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?

उत्तर: मोरङ 

9. नेपालमा कफी खेतीको व्यवसायिक सुरुवात गुल्मी जिल्लाको आपचौरबाट कहिले भएको हो ?

उत्तर: वि.सं. २०११

10. नेपालमा सर्वप्रथम उद्योग परिषद् कहिले गठन गरियो ?

उत्तर: वि.सं. १९९३

11. औद्योगिक व्यावसायिक ऐन २०७६ अनुसार औद्योगिक व्यवसायीलाई उत्पादन, प्राकृतिक तथा सेवा आधारमा कति प्रकारमा वर्गीकरण गरिएको छ ?

उत्तर: ८

12. २०६१ वैशाख ११ मा नेपाल WTO को सदस्यता प्राप्त गर्दा नेपाल कति औँ राष्ट्र बनेको थियो ?

उत्तर: १४७ औँ

13. नेपालले BIPA/विप्रेषण सम्झौता हाल ६ देशसँग गरेकोमा सर्वप्रथम फ्रान्ससँग गरेको थियो भने अन्तिम कुन देशसँग गरेको हो ?

उत्तर: भारत 

14. नेपालका सामानहरू सबैभन्दा बढी निर्यात हुने देश कुन हो ?

उत्तर: भारत

15. ‘एकद्वार समिति’ को संयोजक को हुने व्यवस्था छ ?

उत्तर: प्रधानमन्त्री

16. नेपालले DTAA सम्झौता हालसम्म ११ देशसँग गरेकोमा, सर्वप्रथम भारतसँग गरिएको र अन्तिममा कुन देशसँग गरिएको छ ?

उत्तर: बंगलादेश 

17. आर्थिक वर्ष २०८१/८२ मा नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय कति रहने अनुमान गरिएको छ ?

उत्तर: १५१७ डलर

18. आर्थिक वर्ष २०८१/८२ मा न्यूनतम समर्थन मूल्य तोकिएका कृषि बाली मध्ये कुन होइन ?

उत्तर: चिया 




No comments:

Post a Comment

WhatsApp Telegram